एजेन्सी - यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समीकरण पूरा भएको छ । विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लागेको छ । मध्य अमेरिकी देश कोस्टा रिका कतार विश्वकपमा छनौट हुने अन्तिम अर्थात ३२ औं देश बनेको छ । त्यसअघि अस्ट्रेलिया ३१औं देशका रूपमा छनौट भएको थियो ।
विश्वकप खेल्ने ३२ देशलाई विभिन्न ८ समूहमा बाँडिएको छ– ग्रुप ‘ए’ देखि ग्रुप ‘एच’सम्म । यसपटक कतार विश्वकपमा ‘ग्रुप अफ् डेथ’ छैन । तर, ८ समूह मध्ये तुलनात्मक रूपमा दुई समूहलाई कठिन मानिएको छ । ग्रुप ‘ई’ र ग्रुप ‘एच’ । ग्रुप ‘ई’मा स्पेन, कोस्टा रिका, जर्मनी र जापान परेका छन् । यस समूहमा पूर्वच्याम्पियन दुई देश स्पेन र जर्मनीलाई जापानले कडा टक्कर दिने क्षमता राख्छ ।
त्यसैगरी, ग्रुप ‘एच’लाई पनि कठिन समूह मानिएको छ । यस समूहमा पोर्चुगल, घाना, उरुगवे र साउथ कोरिया रहेका छन् । यस समूहमा पोर्चुगल र उरुग्वेलाई कोरियाले चुनौती दिनेछ । कोरिया त्यही टिम हो, जसले २०१८ को रसिया विश्वकपमा जर्मनीलाई अन्तिम खेलमा २–० ले हराएर समूह चरणबाटै आउट गराएको थियो । त्यसैगरी, ग्रुप ‘सी’मा अर्जेन्टिना र पोल्यान्डलाई मेक्सिकोले कडा टक्कर दिनेछ ।
विश्व फुटबलका हेभिवेट नामहरू क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा, रोवर्ट लेवानडोस्की, ह्यारी केन, केभिन डे ब्रुयाने, नेइमार, भर्जिल भान डाइक, हेङ मिन सन, इडेन हाजार्ड, साडियो माने, ग्यारेथ बेल लगायत चर्चित खेलाडीलाई कतार विश्वकपमा ठीकठाक देख्न पाइनेछ । यस विश्वकपमा पनि मेस्सी र रोनाल्डो मुख्य आकर्षण बन्ने पक्का छ ।
कुन महादेशबाट कति देश छानिए ?
युरोप महादेशबाट १३ देश
जसमा फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स छानिएका छन् ।
एसिया महादेशबाट ६ देश
जसमा कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अस्ट्रेलिया छानिएका छन् ।
दक्षिण अमेरिका महादेशबाट ४ देश
जसमा ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर छानिएका छन् ।
अफ्रिका महादेशबाट ५ देश
जसमा घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छानिएका छन् ।
उत्तर तथा मध्य अमेरिका महादेशबाट ४ देश
जसमा क्यानडा, अमेरिका, मेक्सिको, कोस्टा रिका छानिएका छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।