नेपाल सेमिफाइनलमा

१ बर्ष अगाडि

काठमाडौं - नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

बहराइनका लागि इसारा सुहुनले छ, सशिकल प्रकाश दुई रन जोडे । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको हो ।

कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे । खेल वर्षाका कारण सात–सात ओभरमा घटाइएको छ ।

समूह ‘बी’ मा रहेको नेपाल तीन खेलबाट छ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया