काठमाडौं- विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ यहीँ ११ असार गते सार्वजनिक हुने घोषणा गरेको छ । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण हो । वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।
वाई५५ मा ५०००एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुन् सक्छ ।
शक्तिशाली पर्फमेन्शका लागि वाई५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउनेछ ।
यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।