अजरबैजान पठाइदिने प्रलोभनमा करिब ५० लाख ठगी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

१ बर्ष अगाडि

काठमाडौं - अजरबैजान पठाइदिने प्रलोभन दिएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनाविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ ।

विभागले रोल्पाका कुलबहादुर घर्ती र सल्यानका सुमन शेर्पालीले रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै रोल्पाका तेजबहादुर वली र बिमलराज डाँगी तथा दाङका रत्न बाठामगर र सल्यानका छवी वलीलाई ठगी गरेको जनाएको छ ।

विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालका अनुसार चार जनाबाट उनीहरूले ३१ लाख २६ हजार रुपैयाँ लिएर डाँगीलाई अजरबैजानसम्म पुर्‍याएको र बाँकी तीन जनालाई भारतमा लगेर अलपत्र पारेका थिए । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया