साउन १ बाट सवारीसाधन आयात खुल्ला गर्ने आश्वासन

१ बर्ष अगाडि

काठमाडौं - उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्दू बडूले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडालाई) साउन एक गेतबाट सवारीसाधन आयात खुल्ला गर्ने आश्वासन दिएका छन ।

नाडाको पदाधिकारीले उद्योग मन्त्री बडूसँग भेट गरि जतिसक्दो छिटो सवारी आयातमा लागेको प्रतिबन्ध खुलाउन माग गरेका थिए ।

छलफलमा नाडाका अध्यक्ष धु्रब थापाले थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्म भित्र आयातमा लगाइएको प्रतिवन्ध तत्काल खारेजगरी अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

सरकारको निर्णयले नेपालको अटोमोवाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेको भन्दै उद्योग मन्त्री बडूलाई ध्यानाकर्षण गराए ।

अगामी भदौ ७ बाट नाडा अटो एक्सपो २०२२ काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको भन्दै त्यसको सहजताको लागि समेतसवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध खुल्न जरुरी रहेको व्यवसायीको माग छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया