जेठ महिनामा एसओएस म्यानपावर सर्भिसेजले पठाए सबैभन्दा धेरै नेपाली कामदार विदेश, कति ?

१ बर्ष अगाडि

काठमाडौं - जेठ महिनामा ५ सय ३६ कामदारको श्रम स्वीकृति निकालेको एसओएस म्यानपावर सर्भिसेज प्रा।लि। वैदेशिक रोजगारमा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको शीर्ष स्थानमा रहेको छ ।

यस्तै ४ सय ७० जनाको अन्तिम श्रम स्वीकृति निकालेर प्याराडाइज इन्टरनेशनल प्रा.लि. सूचीको दोस्रो, ४ सय १९ जनाको श्रम स्वीकृति निकालेको मोन्टेज ओभरसिज प्रा.लि. तेस्रो, ३ सय २९ जनाको श्रम स्वीकृति निकालेको देवान कन्सल्ट्यान्ट प्रा.लि. चौथो र २ सय ९९ जनाको श्रम स्वीकृति निकालेको लाइफ इन्टरनेशनल ओभरसिज प्रा.लि. पाँचौं स्थानमा रहेका छन् ।

जेठ महिनामा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जान २९ हजार ३ सय ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया