एनएलजी र प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार एनएलजी इन्स्योरेन्सको पनि १२ लाख ६ हजार १३.०५ किता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै,प्रभु इन्स्योरेन्सको पनि १२ लाख ७८ हजार ९२।५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुव कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया