बीएमडब्लुले उत्पादन सुरु गर्‍यो चीनमा स्थापना भएको लिडिया प्लान्टबाट विद्युतीय कार

१ बर्ष अगाडि

एजेन्सी - लक्जरी कार निर्माता बीएमडब्लुले चीनमा स्थापना गरेको लिडिया प्लान्टबाट विद्युतीय कार उत्पादन सुरु गरेको छ ।

जर्मन अटोमेकर कम्पनी बीएमडब्लुले उक्त प्लान्टमा २ अर्ब २४ करोड डलर लगानी गरेको हो । लायनिङ प्रदेशको सेन्याङ सहरमा अवस्थित उक्त प्लान्ट बीएमडब्लुको चीनमा रहेको तेस्रो प्लान्ट हो ।

विद्युतीय सवारी साधनको उत्पादन वृद्धि गर्न अटोमेकर कम्पनीले उक्त प्लान्ट स्थापना गरेको थियो । सन् २०२१ मा ७ लाख कारहरु उत्पादन गरेको बीएमडब्लुले उक्त प्लान्टबाट उत्पादन बढाएर सन् २०२२ ८ लाख ३० हजार कारहरु उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया