सामसुङलाई ९७ लाख अमेरिकी डलर जरिवाना

१ बर्ष अगाडि

एजेन्सी - सामसुङलाई जरिवाना गरिएको छ । सामसुङ ग्यालेक्सी स्मार्ट फोनमा पानी प्रतिरोधात्मक सुविधा रहेको भन्दै भ्रामक सूचना फैलाएको अभियोगमा अष्ट्रेलियाले सामसुङलाई ९७ लाख अमेरिकी डलर जरिवाना गरेको हो ।

सन् २०१६ मार्च महिना देखि सन् २०१८ अक्टोबर सम्मको अवधिमा बिक्री गरिएका ग्यालेक्सी मोडलका सामसुङका स्मार्ट फोनको प्रचार गर्दा पानी प्रतिरोधात्मक क्षमता भएको भनिएको थियो । उक्त फिचर ग्यालेक्सी मोडलमा उपलब्ध नभएपछि अष्ट्रेलियाको एक अदालतले सामसुङलाई उक्त सजाय दिएको हो ।

भ्रामक विज्ञापनकै कारण अष्ट्रेलियाली जनताले उक्त मोडलका फोनहरु खरिद गरेको र पछि उक्त फिचर नहुँदा फोनले राम्रोसँग काम नगर्ने, छोटो समयमा बिग्रिने गरेका गुनासालाई आधार मानी सन् २०१९ मा अष्ट्रेलियाली नियमन कर्ता कम्पीटिसन एन्ड कन्जुमर कमिसनले कम्पनी विरुद्ध मुद्दा दायर गरेको थियो । 

उक्त मुद्दाको फौसला आज भएपछि सामसुङलाई ९७ लाख अमेरिकी डलर बराबरको जरिवाना तोकिएको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया