अपाचे आरटीआर १६० फोर भी आरटीएफआई भर्सनमा नेपालमा सार्वजनिक, कति पर्ने मूल्य ?

असार ९, २०७९ | आजको अर्थ
ajaako_artha

नेपाली बजारमा अपाचे आरटीआर १६० फोर भी आरटीएफआई (बीएस ६) भर्सनमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस अपाचे बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो मोटरसाइकला नेपाल भित्र्याएको हो ।

बिहिबार एक कार्यक्रम गरि तीन राइड मोड,बिएससिक्स र लाइटमा परिर्वतन सहित यो मोटरसाइकल नेपाली बजारमा भित्रिएका हुन् । 

 बीएस ६ भर्सनमा आउने यो मोटरसाइकल यो सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको कम्पनीले जनाएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन,अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा स्मार्ट कनेक्टेड फिचर उपलब्ध छ जसले मोबाइललाई स्क्रीनमा कनेक्ट गर्न सकिन्छ ।

चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

रेस ट्यून फ्यूल इन्जेक्शन टेक्नोलोजीले यो मोटरसाइकलको पर्फमेन्स तथा यसको माइलेजलाई उत्कृष्ट बनाएको छ ।

अपाचे आरटीआर १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन १७.५ पीएस पावर र १४।७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स, १२ लिटर इन्धन क्षमता, लगाएतका बिषेता उपलब्ध छन ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार तोकिएको छ । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७