एजेन्सी - पेरिस सेन्ट जर्मेन पिएसजी ले नेयमारलाई बेच्ने तयारी गरेको छ । राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न तयार रहेको गोल डटकमले जनाएको छ ।
तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ । नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको थियो ।
हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको र किलियन एम्बाप्पे क्लबमा नै रहने भएपछि क्लबले ३० वर्षीय खेलाडीलाई बेच्ने तयारी गरेको बुझिएको छ ।
गत सिजन माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएजसीले लिग वानको उपाधि जिते पनि रियल म्याड्रिडसँग पराजित हुँदै युरोपियन प्रतियोगिताबाट बाहिरिएको थियो ।
यसका लागि नेयमार र मेस्सीले क्लबका समर्थकबाट आलोचनाको सामना गर्नुपरेको थियो ।
प्रतिक्रिया