नेपाली खेलाडी रोहित सम्मिलित टिमले रोनाल्डिन्होको टिमविरुद्ध खेल्दै

१ बर्ष अगाडि

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडी रोहित चन्द सम्मिलित क्लब पेर्सिक केडिरीले विश्व फुटबलका एक महान खेलाडी ब्राजिलियन रोनाल्डिन्होको टिमविरुद्ध खेल्ने भएको छ । 

यो औपचारिक रूपमै तय भइसकेको छ । इन्डोनेसियामा यसै सिजनदेखि पेर्सिक केडिरी एफसीमा अनुबन्ध भएका नेपालका स्टार मिडफिल्डर रोहितले ब्राजिलियन रोनाल्डिन्होविरुद्ध मैदानको स्मरणीय अनुभव लिन पाउनेछन् । इन्डोनेसियाको शीर्ष लिग सुरु हुन अझै केही साता बाँकी नै छ । 

पेर्सिकले हालसालै इन्डोनेसियाको प्रतिष्ठित ‘प्रेसिडेन्ट कप’ पनि खेलेको थियो । तर, रोहितको टिमका लागि सो प्रतियोगिता राम्रो भएन । उनको टिम समूह चरणबाटै आउट भएको थियो ।

क्लब पेर्सिकले औपचारिक रूपमा यो घोषणा गरेको छ । टिमले रोनाल्डिन्होको टिमविरुद्ध खेल्ने कार्यक्रम पनि तय भइसको छ । पेर्सिकले दिएको जानकारी अनुसार उक्त खेल आज हुने कार्यक्रम छ ।

यो खेललाई पेर्सिकले एक आदर्श खेलका रूपमा लिइने कुरा पनि बताएको छ । यो एक मैत्रीपूर्ण खेल हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया