आजसम्म कायम शेयरधनीले मात्र लुम्बिनी जनरलको  १० प्रतिशत लाभांश पाउने, कहिले हुदैँछ साधारण सभा ?

मंगलबार, १४ असार २०७९, ०९ : ३९

काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १४ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीको १७ औँ वार्षिक साधारणसभा यही असार २९ गते बोलाएको छ । सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा बिहान ११ बजेबाट हुनेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ११ करोड ९८ लाख ८९ हजार रुपैयाँबराबरको लाभांश अनुमोन गर्नेछ। जसमा ९.५२३८१ प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४७६१९ प्रतिशतले हुन आउने ५७ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले अधिकृत पुँजी हाल १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अन्य कुनै उपयुक्त बीमा कम्पनीलाई प्राप्ति गर्ने वा गाभ्ने÷गाभिने प्रयोजनका लागि कम्पनी छनोट, समझदारीपत्रमा हस्ताक्षर, सम्पत्ति र दायित्व मूल्यांकनलगायतका सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 
 

मंगलबार, १४ असार २०७९, ०९ : ३९

प्रतिक्रिया