ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गर्ने

१ बर्ष अगाडि

काठमाडौै - ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । 

रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु  ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउट बीच हराउँछन् । नयाँ फाइन्ड एक्स फाइभ सिरिजकोे हाई–टेक ४के अल्ट्रा नाइट भिडियो र ५० एमपी वाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।

डिज्नील्याण्ड पेरिसमा आतिशबाजीको प्राकृतिक, तिखो रङहरु फोटोमा कैद
सपना, चमक, उर्जा र उज्यालो यी शब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो र यही अवधारणा ओप्पो फाइन्ड एक्स फाईभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले इन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।

ओप्पो फाइन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वा ग्रेनी ईमेजहरुको सट्टा प्रकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन् ।

एउटा फोटोमा कुनै पनि चीजको पूर्ण महिमा जम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई  फाईन्ड एक्स फाईभ प्रो प्रदान गर्यो र ईन्फ्लुअन्सरहरुलाई  यस ३० औँ वार्षिकोत्सवको लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ । 

ओप्पो फाइन्ड एक्स फाईभ प्रोले वार्षिकउत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेका फोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् ।

ओप्पो ग्लोबल मार्केटिङ्ग अध्यक्ष विलियम लिउले भने, ‘ओप्पो फाईन्ड एक्स फाईभ प्रो ले यस डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिकउत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमा फोटो तथा भिडियोको मार्फत लिईएको छ की अब यसले रात्रीकालिन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ ।’ 

१ बर्ष अगाडि

प्रतिक्रिया