इजरायल जानका लागि पुनः मेडिकल गर्नुपर्ने, कहाँ-कहाँ गर्ने ?

१ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले नेपालबाट इजरायलका लागि दीर्घकालीन सहायक कामदार ९केयरगिभर०मा जान छनोट भई जान नपाएकाहरूले पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको छ । विभागले उनीहरूले यही असार २० गतेदेखि २६ गतेसम्म स्वास्थ्य परीक्षण गराइसक्नु पर्ने जनाएको छ । 

स्वास्थ्य परीक्षणका लागि पहिले नै छनोट भएका स्टार हस्पिटल सानेपा, मनमोहन मेमोरियल टिचिङ अस्पताल, नेपाल मेडिसिटी अस्पताल र ह्याम्स अस्पताल तोकिएका छन् । तोकिएका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क लिने गरेका छन् । सरकारले श्रम समझदारी गरेर जीटुजीका माध्यमबाट पठाउने भए कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

विभागले स्वास्थ्य परीक्षण गराई सबैले कोरोना भाइरस (कोभिड–१९) विरूद्धका पूर्ण खोप लगाई खोप कार्ड तीन प्रति, रंगीन फोटो, पासपोर्ट पहिले जसरी विभागको इजरायल शाखाको इमेलमा पठाउनुपर्ने बताएको छ । 

विभागका अनुसार इजरायल जानेहरूले कोभिडविरुद्ध बुस्टर डोज लगाएको हुनुपर्नेछ । त्यस्तै कोभिड नभएको प्रमाणित हुने रिपोर्ट पनि साथमा ल्याउनुपर्ने छ । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया