नेपाल उद्योग वाणिज्य महासंघले माग्यो विभिन्न पदमा कर्मचारी, योग्यता र आवेदन दिने अवधि कति ?

१ बर्ष अगाडि

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

आइतवार एक सूचना प्रकाशन गर्दै महासंघले प्रमुख वित्त अधिकृत (सीएफओ) र अधिकृत पदमा कर्मचारी माग गरेको हो । 

प्रमुख वित्त अधिकृत पदमा आवेदन दिनका लागि चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरी कम्तीमा तीन वर्ष संस्थामा काम गरेको हुनुपर्नेछ । यस्तै, अधिकृत पदमा आवेदन दिनका लागि भने व्यवस्थापन संकाय वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर गरेको र एक वर्षको अनुभव पाएको व्यक्ति हुनुपर्नेछ । 

योग्यता पुगेका इच्छुक उम्मेदवारले यही असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कर्मचारी आवश्यकतासम्बन्धी विस्तृत विवरण महासंघको वेबसाइटमा गएर हेर्न सकिनेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया