हुत्त सञ्जय र सुनिता अभिनित ‘दार्बुङ’ को ट्रेलर सार्वजानिक, असार ३२ गते प्रदर्शन हुने

आइतबार, १९ असार २०७९, १३ : ४२

काठमाडौँ । स्व. वरिष्ठ कलाकार जयनन्द लामा अभिनित अन्तिम चलचित्र तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ । काठमाडौँको बौद्धस्थित मस्म प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक तथा एक पत्रकार समेलन गरी उक्त जानकारी गराइएको हो । चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्रसमेत हुन ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले हलमा जाने चलचित्र निर्माण गर्न नसकेको र हलले तामाङ चलचित्र नलिएको अफवाह फैलाएको बताए । उनले भाषिक चलचित्र बनाउन चुनौती रहेको बताएका छन ।

हुत्त सञ्जय र अर्जुन खड्का द्वारा निर्देशित चलचित्र ‘दार्बुङ’ लाई सुरज श्रेष्ठले द्धन्द निर्देशन, अर्जुन खड्काले सम्पादन, दिपक तामाङले मिक्सिङ, प्रज्वल राउतले छायांकन, कर्साङ लामाले पार्श्व संगीत गरेका छन। निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त चलचित्रलाई पर्खाई मोक्तानले सह(निर्माण गरेका हुन ।

उक्त चलचित्रमा नायक हुत्त सञ्जय लामा र नायिका सुनिता लुङ्वाको मुख्य अभिनय समेटिएको छ । त्यसैगरी मान बहादुर तामाङ,करेशा वाइवा,सुस्मिता तामाङ, राम तामाङ,सुनमाया तामाङ सिर्जना गोले,डोमो ह्योल्मो,पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हिरन माझी,क्रीष्टल मगर, मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ,इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

चलचित्र समावेश गरेको गीतलाई सम्झना लामा र बुद्ध ब्लोन तामाङले लेखेका हुन भने कर्साङ लामाले संगीत रहेको छ भने बबिता पाख्रिन, पुजा लामा, आकाश ब्लोन, कार्साङ लामाको आवाज रहेको छ ।

उक्त पत्रकार सम्मेलनमा पत्रकार, समाजसेवी एंव कलकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने जयनकुमार लामाले गरेका हुन ।
 

आइतबार, १९ असार २०७९, १३ : ४२

प्रतिक्रिया