आकर्षक तलबका साथ यूएईमा सुरक्षागार्डका लागि पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा ८ जनाविरूद्ध २ करोड ३६ लाख बढीको बिगो दाबीसहित मुद्दा दायर

१ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधामा यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा ८ जनाविरूद्ध २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । 

कमल बिकका नाममा वैदेशिक रोजगार कम्पनीसँग हुबहु मिल्दो नाम राखी कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा एक्टिभ ईम्ल्पाई सर्भिस प्रा।लि। र दि रोयल गोर्खा ओभरसिज प्रा।लि। नाममा दुईवटा कम्पनी खडा गरेर यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै १ करोड ५८  लाख ३५ हजार रूपैयाँ ठगी गरेकोे भन्दै विभागले पक्राउ परेका सुरज गजुरेलसहित ८ जनाविरूद्ध हर्जानासहित २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।

 विभागले एक्टिभ ईम्ल्पाई सर्भिस प्रा।लि।को नामबाट कान्छा थिङसमेत ३ जनाबाट १४ लाख ३७ हजार र दि रोयल गोर्खा ओभरसिज प्रा।लि।को नामबाट केशव आचार्यसहित ३६ जनाबाट १ करोड ४३ लाख ९८ हजार ठगी गरेकोे दाबी गरेकोे छ । दुवै कम्पनीका सञ्चालक कमल बिक भने पक्राउ परेका छैनन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया