शून्य लागतमा मलेसियाले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

१ बर्ष अगाडि

काठमाडौं -मलेसियाले नेपाली कामदारको माग गरेको छ । मलेसियाको एक सहरमा रहेको एक कम्पनीले २५ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३४ हजार बढि पाउनेछ । इच्छुक कामदारले people hre pvt. ltd . को कार्यालय सिनामंगल काठमाडौंमा असार २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया