डिशहोमद्धारा ग्राहकलाई २ लाख वितरण

१ बर्ष अगाडि

काठमाडौं - १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई रु. २ लाख वितरण गरेको छ । 

यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमार्फत विजेता बनेका काठमाण्डौ बालुवाटारनिवासी डा। वेदप्रकाश उप्रेती र बत्तीसपुतलीनिवासी बिन्दा रेग्मीलाई डिशहोमले जनही रु। १ लाख गरी २ लाख वितरण गरेको हो । 

पुरस्कार राशि डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन् । यसका साथै हरेक हप्ता लक्कीड्रमार्फत एकजनाले रु। १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कीड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया