जगदम्बा मोटर्सले ल्यायो मनसुन एक्सचेन्ज अफर

आइतबार, २६ असार २०७९, ०९ : ५०

काठमाडौं - नेपालका लागि प्रोटन मोटर्सको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मनसुन एक्सचेन्ज अफर ल्याएको छ । 

कम्पनीका अनुसार एक्सचेन्ज अफर यही असार २३ गतेदेखि असार २७ गतेसम्म लागू हुनेछ । यो योजनाअन्तर्गत ग्राहकले कम्पनीको गौरीधारास्थित प्रोटन शोरुममा उपलब्ध विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले स्पट एक्सचेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्यांकन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्सचेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन् । 

यसबाहेक ग्राहकले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

आइतबार, २६ असार २०७९, ०९ : ५०

प्रतिक्रिया