एजेन्सी - कोभिड महामारीपछि विश्वमा जसरी आर्थिक मन्दीको त्रास फैलिइरहेको छ । यस्तै चिन्ताको विषय यो छ कि, यस वर्ष यूरोपमा गाडी बिक्रीको अवस्था निकै दयनीय बन्न पुगेको छ । त्यहाँ गाडी बिक्री पछिल्लो २६ वर्षकै कम रहेको रोयटर्सले जनाएको छ ।
समाचारअनुसार यो वर्षको जून महिनामा यूरोपमा कारको बिक्री सन् १९९६ पछिकै सबैभन्दा कम रहन पुग्यो । यो महिना यूरोपको बजारमा १० लाख हाराहारी कार मात्र बिक्री भए । यूरोपियन अटोमोवाइल एशोसिएसनमा सहभागी कतिपय कार कम्पनीहरुले आफ्नो बिक्रीमा ५० प्रतिशतको गिरावट आएको बताएका छन् ।
विभिन्न गाडी कम्पनीमध्ये सबैभन्दा बिजोग अवस्था भक्सवागेनको रहेको छ । अलग अलग ब्राण्डको नामबाट कार बिक्री गर्ने यूरोपको प्रमुख कार कम्पनी भक्सवागेनले बिक्रीमा सबैभन्दा ठूलो क्षति व्यहोर्न पुगेको छ । गत वर्षको जूनको तुलनामा यो जूनमा यो कम्पनीको कार बिक्रीमा एकचौथाईले घट्न पुगेको छ ।
यस्तै, सीमित युनिट कार मात्र बिक्री गर्ने कम्पनीको अवस्था पनि उस्तै बेहाल हुन पुगेको छ । जून महिनामा भोल्भोका कैयौं नयाँ गाडीको दर्ता करिब ४८ प्रतिशतले घटेको छ भने जाग्वार ल्याण्ड रोभर ग्रुपको बिक्रीमा १३.२ प्रतिशतले कम भएको छ ।
प्रतिक्रिया