काठमाडौं- टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विङ्गर बीएस६ नेपाली बजारमा सार्वजनिक गरेको छ।
‘विङ्गर बीएस६ नयाँ युगका त्यस्ता सुसूचित ग्राहकतर्फ लक्षित छ। जसले आकर्षक र आरामदायी गाडीमार्फत आफ्नो व्यापार–व्यवसायको उन्नति गर्न चाहेको कम्पनीले जनाएको छ।
२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस६को टर्क अत्यन्त प्रभावकारी छ। त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजरजस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ। हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिसजस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ।
कम भन्दा कम खर्चमा आफ्नो व्यापार–व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ। सिप्रदी ट्रेडिङ्गले दशकौँदेखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको बिक्रीवितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विङ्गरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौँ’, टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिटअन्तर्गतको इन्टरनेसनल बिजनेस एन्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता भन्छन्, ‘उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ।’
त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा भन्छन्, ‘नेपालकै एक प्रतिष्ठित ब्रान्डका रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौँ। टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशकदेखि नेपाली ग्राहकलाई प्रत्याभूति गरिरहेका छौँ।’
‘यसै सन्दर्भमा हामीले अहिले बिक्रीवितरण आरम्भ गरेको विङ्गर बीएस६ विभिन्न प्रयोजनहरुका लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल छ। यसले छोटो समयमा नै नेपाली ग्राहकको माया र विश्वास जित्ने हामीले अपेक्षा गरेका छौँ’, राणाले भने।
प्रतिक्रिया