टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेतामा स्याकार ट्रेडिङ कम्पनी नियुक्त

विहीबार, ०५ साउन २०७९, १५ : १४

काठमाडौं, नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कटुरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ। 

बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको हो। 

सोही कार्यक्रममा बोल्दै टाटा ग्रीन ब्याट्रीका सिईओ रवि गुप्ताले भने ''टाटा ग्रीन ब्याट्री टु व्हीलर्स ब्याट्रिज भारतमा रहेका ठुला उत्पादकहरु मध्ये एकमा पर्छ, जसले प्रमुख OEMs मा आपूर्ति गर्दछ जस्तै होण्डा मोटरसाईकल र स्कुटर इन्डिया (HMSI) TVS,Yamaha,Java,Suzuki and Piaggio  । भारतमा भएको सफलतालाई नेपालमा ख्याति प्राप्त कम्पनी STC संग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि विस्तार गर्न चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने छ । 

सौरभ ज्योति(अध्यक्ष STC) ले भने ''सप्लायरको क्षेत्रमा भारत स्थित 2W batteries सप्लायरको क्षेत्रमा भारत स्थित टाटा अटो क्याप एक प्रमुख कम्पनी हो ।  टाटा अटो क्यापसंगको सहकार्यबाट हाम्रो देशभर रहेका १५० डिलरहरु मार्फत हाम्रा ग्राहकहरु समक्ष उक्त कम्पनीबाट उत्पादित टाटा ग्रीन ब्याट्री सप्लाई गरी ग्राहक वर्गमा नयाँ सेवा पुर्‍याउन सकिने प्रति दृढ छौ ।" 

साथै उक्त कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकुन्द श्रेष्ठका अनुसार ब्याट्रिको बिक्री पश्चातको सेवामा विशेष जोड दिदै विभिन्न स्कीमहरु छिट्टै लागु गरिदैँ जानेछ । 

टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ। यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादक मध्ये एक हो। 

स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्रे, पावर प्रोडक्टस्को नेपालमा बिक्री(वितरण गर्दै आइरहेको छ। यसले एक सय ५० भन्दा बढी डिलर्सबाट सेवा दिइरहेको छ।

विहीबार, ०५ साउन २०७९, १५ : १४

प्रतिक्रिया