काठमाडौँ- नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रीम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुबिधाहरूको लाभ लिन सक्नेछन् ।
यामाहाको बाइकरस्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन्ः
यस योजनाअन्तर्गत रु. ३ लाख २३ हजार ९०० पर्ने एफ्जेड १६ एफआईको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः रु ११ हजार ३१६,रु.८ हजार ७८९ र रु. ७ हजार ३४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । रु.३ लाख ४७ ९०० पर्ने एफ् जेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १२ हजार १५४, रु.९ हजार ४४०र ७ हजार ८९२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । यसैगरी, रु. ३ लाख ९४ हजार ९०० पर्ने एफ्जेडएक्स भि ०३ एक्स कनेक्टको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः रु १३ हजार ७९१, रु. १० हजार ७१५ र रु. ८ हजार ९५८ को ईएमआई भुक्तान गर्नु पर्नेछ । र, रु. ४ लाख ३५ हजार ९०० पर्ने एफजेड एक्सको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १५ हजार २२९, रु ११ हजार ८२८ र रु. ९ हजार ८८८को ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार, एम्टी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० प्रतिशत अग्रीम भुक्तानी गर्नु पर्नेछ । एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु.१४ हजार ०८८, रु. १० हजार ९४२, र रु. ९ हजार १४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ भि ३ मोडलको खरिदमा रु.१५ हजार २८२, रु.११ हजार ८६९र रु.९ हजार ९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १७ हजार ११६,रु. १३ हजार २९३ र रु. ११ हजार ११३ को ईएमआई भुक्तान गर्नु पर्नेछ ।
यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४० प्रतिशत अग्रीम भुक्तानी मै लिन सक्ने कम्पनीले जनाएको छ । रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. ९ हजार १५०, रु. ७ हजार १०६ र रु.५ हजार ९४१ को ईएमआई भर्नु पर्नेछ । रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः रु. ७ हजार ६८२, रु. ५ हजार ९६७ र रु.४ हजार ९८८ को ईएमआई भर्नु पर्नेछ । त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १० हजार १२८, रु. ७ हजार ८६६, र रु ६ हजार ५७६ को ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया