काठमाडौं - विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ ।
कम्पनीले विगत दुई महिनाअघिदेखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्न प्रयास गरेको थियो ।
विशेषत नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्या प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महँगो) भएका कारण गाडीको मूल्य बढाउन परेको कम्पनीको भनाइ छ ।
त्यसैले अहिलेको अफठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरका कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भए पनि बीवाईडी ई सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैया कायम गरिएको कम्पनीले जनाएको छ।
यसका साथै एमबी मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया