नेपाल आउने तयारीमा सिट्रोन सिथ्री एसयूभि, कति पर्छ मूल्य ?

शनिबार, १४ साउन २०७९, १४ : २६

काठमाडौं - चार महिनादेखि जारी रहेको सवारी आयात प्रतिबन्धले विक्रेता कम्पनीहरुले गाडी भित्र्याउन पाएका छैनन् ।

यस्तै किया, हुन्डाइ, सुजुकीलगायतका कम्पनी नयाँ गाडी ल्याउन तयारी अवस्थामा छन् । सरकारले आयात प्रतिबन्ध खुलाए लगतै नेपाल आउन लागेको अर्को एसयुभि हो सिट्रोन सिथ्री ।

आगामी भदौंमा हुने भनिएको नाडा अटो शोमा बिक्री सुरु गर्ने तयारीका साथ ल्याउने भनिएको यो गाडी आयात प्रतिबन्धले रोकिएको छ । नेपालका लागि सिट्रोन सिथ्री  एसयुभि गाडीको आधिकारीक वितरक साग्रिला मोटर्सले भदौं १४ गतेपछि आयात प्रतिबन्ध हटेको केहि दिनमै नेपाल ल्याउने भएको हो ।

फ्रेन्च एसयुभिको रुपमा परिचित यो गाडी नेपालमा साना एसयुभिसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । निसान म्यागनाइटकै साइजमा नेपाल आउने लागेको यो गाडीको बिक्रीले छलाङ मार्ने कम्पनीको दाबी छ ।

नेपाल आउने तयारीमा रहेको सिट्रोन सिथ्री नयाँ स्टाइलिस डिजाइन दिइएको छ । १.२ लिटर क्षमताको पेट्रोल इन्जिन दिएको यो गाडीले ८१ हर्सपावर र ११५ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी, टर्बो इन्जिन सेग्मेन्टको सिट्रोन सिथ्रीले १०९ हर्सपावर पावर दिन्छ ।

५ स्पीडको म्यानुअल गियरबक्स, प्रतिलिटर १९ किलोमिटर माइलेज, बीएस सिक्स इन्जिन लगायतका बिशेषता उपलब्ध गराइएको छ । फ्रन्ट साइडमा दुई एयर व्याग र इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम आउने यो गाडीमा सुरक्षालाई बढी ध्यान दिइएको छ ।

पावर डोरलक र चाइल्ड सेफ्टीलक, गियर सिफ्ट इन्डीकेटर पनि पाउन सकिन्छ । त्यसैगरी, १८० ग्राउन्ड क्लियरेन्स, ३० लिटर इन्धन भण्डारण क्षमता, टप स्पिड १४० किलोमिटर रहेको छ ।

भारतमा सिथ्रीको बेस मोडलको मूल्य सेग्मेन्टमै सबैभन्दा कम ५ लाख ७१ हजार रहेको छ । नेपाली बजारमा सिट्रोन सिथ्री एसयूभि आउदा ३० देखि ४० लाख पर्ने अनुमान गरिएको छ ।

शनिबार, १४ साउन २०७९, १४ : २६

प्रतिक्रिया