नेपाल रग्बी संघ गठन

१ बर्ष अगाडि

ताप्लेजुङ -  ताप्लेजुङमा नेपाल रग्बी संघ गठन भएको छ । योगेन खिम्दिङको अध्यक्षतामा उक्त संघ गठन भएको हो । संघको उपाध्यक्षमा सक्षम पालुङ्वा, सचिवमा तिलबहादुर जोगी, सहसचिवमा शोभा साउदेन र कोषाध्यक्षमा अर्चना गुरुङ चयन भएका छन् ।

 जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अनिता पन्दाकका अनुसार संघमा भीमा तुम्बाहाम्फे लिम्बू, ङिमाछिरिङ शेर्पा, मनिषा ताम्लिङ, सुमिर ९मदन० प्रसाईं, नवराज केदेम र रमिस्ता लिम्बू सदस्य चयन भएका छन् । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावो, कार्यालय प्रमुख यज्ञनिधि पौडेल, जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारीसहितको उपस्थितिमा रग्वी संघको जिल्ला नेतृत्व चयन भएको हो । 

रग्बी एउटा सामूहिक खेल हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया