ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिकभएको घोषणा गरेको।
यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरुसहित उत्पादकता सुविधाहरुले भरिएको छ। जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरु अघिल्लो फोनमा भन्दा धेरै छन्। ‘हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ हामी सबै जीवनको आनन्दलिन चाहन्छौँ’, ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने, ‘हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडि बढी रहेका छौँ। यो ओप्पोको दिगो विकासको भावनाहो जसलाई हामीले हरेक दिनआत्मसात गर्छौ।”
त्यस्तै अधिकांश प्रयोगकर्ताहरु ब्याट्रीको आयु र मनोरञ्जन अनुभवका बारेमा चिन्तित छन्। उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन्। उनीहरुको आवश्यकताअनुसार ओप्पो ए५७मा५००० एमएएच् ब्याट्री ६.५६ एचडी + कलर–रिच डिस्प्ले, हाई–इन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरकासाथ आईपीएक्स४ वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनिबच्न सक्नुहुन्छ। डुअल स्पिकरहरु र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो।
क्यामेरा
यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडि, ८ एमपी सेल्फी क्यामेरा रहेका छन्। भिडियोहरुका लागि यसले पछाडी र अगाडि दुवै क्यामेराबाट १०८०पीमा भिडियोहरु खिच्न सक्छ।
डिस्प्ले
यसमा६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एचडी+आईपी एस प्यान लरहेको छ। स्क्रिनले डीसीआई–पी३ कलर गामटको ९६% कभर गर्दछ। डिस्प्लेमा सेल्फी क्यामेराका लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साइड बेजेल न्यूनतम छन् र तलको भाग अलि ठूलो छ।
हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडीया टेक हेलियो जी३५ ४ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेजका साथ आएको छ। हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सीपीयू र पावर भीआर जीई८३२०जीपीयू भएको १२ एनएम चिप सेट हो। यसका साथै आईपीएक्स४द्वारा प्रमाणित वाटर रेसिस्टेन्सका साथ सामान्य तवरबाट चलाउँदा स्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ।
परफर्मेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ। ओप्पो ए७७ ४जी फोनमा ५००० एमएएच ब्याट्रीसँग आउँछ र यूएसबी–सी पोर्टमार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ।
गोपनीयताको संरक्षण
फोटो वा भिडियोहरु सार्वजनिक गर्दा तपाइँ भौगोलिक जानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरुसहित) हटाउन छनौट गर्न सक्नुहुन्छ। गोपनीयता ड्यासबोर्डले २४ घन्टामा तपाइँको क्यामेरा, माइक्रोफोन र स्थान जानकारीसहित तपाइँको व्यक्तिगत डेटामा कुन–कुन एपहरु प्रयोग गरेको छ भनेर पनि हेर्न सक्नुहुन्छ।
कलर रिच र आई–कम्फर्ट डिस्प्ले
६.५६ इन्च डिस्प्लेले ९६ प्रतिशत एनटीएससी कलर गामुट (१०० प्रतिशत डीसीआई–पी३) लाई कभर गर्दछ। यो फोनमा भएको आँखा कम्फर्ट मोडले स्क्रिन हेर्न अझ सहज बनाएको छ।
ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्य दायराभित्रको एकमात्र फोन हो। जसमा डुअल स्टेरियो स्पिकरहरु छन् जुन सामान्यतया फ्ल्यागशिप मोडलहरुमा मात्र रहन्छ। सुपर भोल्युम मोडमा, डुअल–स्पिकर फोनले सबै आवाजहरु भेट्न सक्छ। अडियो र भिडियो प्लेब्याक Dirac 3.0 ले अझ यसको आवाजलाई थप शुद्ध बनाउँछ।
बजारमा उपलब्धता
ओप्पो ए७७ ४जिबी र्याम+१२८ जीबी रोमसँगै आएको छ। यसले १ टीबीसम्मको एसडी कार्डहरुलाई पनि समर्थन गर्दछ। यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरुमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ। यो फोन www.oppo.com/np रिटेल च्यानलमा मूल्य रु. २५ हजार ९९९ मा खरिदका लागि उपलब्ध छ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।