ट्रफी डेस च्याम्पियन्सको उपाधि पिएसजीलाई

१ बर्ष अगाडि

एजेन्सी - पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । गएरातिको खेलमा नान्टेसलाई ४–० ले  हराउँदै पिएसजीले उपाधि जितेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेस्सी र सर्जियो रामोसले एकरएक गोल गरे । खेलको २२ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको  थप गरिएको समयमा नेयमारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा रामोसले  पिएसजीका लागि तेस्रो गोल गरे । ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया