काठमाडौं- जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड प्रदान गरिएको छ।
मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो। आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार अवार्ड गरेको हो । अवार्ड समारोह एईईपी, सीएनआई, यूके एड÷स्वदेशीले साउन १६ गते आयोजना गरेका थिए।
जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह–संस्थापक संचालित कम्पनी हो। आज कम्पनीले आफ्नो पाइलाहरु परिपक्व बनाएको छ र सुरुदेखि नै आफ्नो लगन, उत्साह पूर्ण समर्पणका साथ धेरै कोसेढुंगाहरु हासिल गरेको छ।
जानकी टेक्नोलोजीको आफ्नो क्षेत्रमा गुणस्तरीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धतालाई नेपालभरका विभिन्न उद्योगपति तथा मिडिया हाउसहरुले मान्यता दिएका छन्। संसार एक डिजिटल युगमा परिणत भएको छ र प्राविधिक विकासको युगमा जानकी टेक्नोलोजी स्प्यारो एसएमएस र खल्तीजस्ता अत्याधुनिक प्रविधि उपलब्ध गराउने सबैभन्दा नयाँ प्रविधि प्रदायकहरुमध्ये एक हो।
‘सूचना र प्रविधि हाम्रो समाज, हाम्रो देश तथा हाम्रो अर्थतन्त्रका अत्यावश्यक अंगहरु हुन्। प्रतिष्ठित आईसीटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मान हो। यी मान्यताहरुले हामीले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्याएका छौँ भनेर देखाउँछ’, जानकी टेक्नोलोजीका सहसंस्थापक अरविन्द शाहले भने।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।