'क्यास अन ह्विल' को सुकेधारमा शोरुम सञ्‍चालनमा,अनलाइन मार्फत गाडी किन्न र बेच्ने सुविधा उपलब्ध

१ बर्ष अगाडि

काठमाडौं, 'क्यास अन ह्विल‘ रोयल डिटेलिंग एण्ड पोलिसिंगु छोटो समयमै नेपालको व्यवसायिक क्षेत्रमा सफलता प्राप्त गरेका कम्पनी हुन् । क्यास अन ह्वील सवारीसाधनको खरिदबिक्री गर्ने प्लेटफर्मको रुपमा १ वर्ष अघि कारोबार सञ्चालन गरेको यो कम्पनीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरिसकेको कम्पनी हो भने यसको सहयोगी कम्पनी रोयल डिटेलिंग एण्ड पोलिसिंगले विशेष प्रविधिद्वारा गाडीलाई चम्काउने र गाडीको रंगलाई विशेष सुरक्षा प्रदान गर्ने कार्य गर्दछ । यो सफलताबाट उत्साहित भएको कम्पनीले आफ्नो व्यवसाय विस्तारलाई थप तीव्रता दिन सुरु गरेको छ ।   

’क्यास अन ह्विल‘ ‘ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड’ भन्ने नारा बोकेर अघि बढेको यो कम्पनीले अहिले ग्राहकले भोग्नुपरेका यही तीन प्रकारका समस्या समाधान गर्ने रणनीति लिएको छ ।  संस्थापक तथा कार्यकारी निर्देशकमोहन भण्डारी बताउँछन् । 

‘ग्राहकहरु आफूले गाडी बेच्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तामा हुने गरेको हामीले पाएका छौं । हामीकहाँ अनुभवी भ्यालुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ, ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं,’ भण्डारी भन्छन्, ‘हाम्रो सर्भिस बापत लिने शुल्क फिक्स्ड छ । हामीले ३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार सर्विस शुल्क लिने गरेका छौं । त्यसबाहेक अरु कुनै लागत तिर्नु पर्दैन । ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजश्व, मर्मत लगायत सबै खर्चहरु पारदर्शी हुन्छन् ।’

गाडीको किनबेचमा ग्राहकले भोग्ने अर्को समस्या भुक्तानी लगायत अन्य प्राविधिक समस्या पनि हो । धेरैजसोले आंशिक रुपमा भुक्तानी गरेर अरु उधारो गर्ने, गाडी पास नै नगरी चलाउने लगायत समस्या हुने गरेको उनको अनुभव छ । भण्डारी भन्छन्, ‘हामीकहाँ आउने ग्राहकले नगद पैसा पाउनुहुन्छ । गाडी पास हुनेबित्तिकै बैंक खातामा रकम ट्रान्सफर हुन्छ । किन्ने ग्राहकले पनि पास भएर ढुक्कसँग गाडी पाउने अवस्था हुन्छ ।’

तेस्रो, पिस अफ माइन्ड अर्थात् मनको शान्ति हो । भण्डारीका अनुसार गाडी बेच्ने बेलामा एउटा बिक्रेताले धेरै झन्झट व्यहोर्नुपर्छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा अनावश्यक फोन उठाउनुपर्ने झन्झट हुुन्छ । यसले कतिपयको व्यवसायिक वा पेशागत जीवनमै असर पार्छ । रातीको समयमा समेत आउने फोनले कतिपयलाई निकै समस्या हुुन्छ । उनी भन्छन्, ‘हामीमार्फत् कारोबार गर्दा त्यस्तो हुँदैन । हामीले सम्भावित ग्राहकको फोन लिन्छौं, उहाँमध्ये सम्भावित ग्राहक छनौट गर्छौं । उहाँहरुलाई कन्भिन्स गराएपछि मात्रै हामीले गाडी धनीलाई बोलाउँछौं । यसले गर्दा ग्राहकले अनावश्यक तनाव व्यहोर्नु पर्दैन ।’

कुनै व्यक्तिले आफ्नो गाडी बेच्न चाह्यो भने उनले क्यास अन ह्विलसँग कुनै पनि माध्यमबाट जोडिएर त्यसको जानकारी दिन सक्छ । फेसबुक, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप लगायत सबै प्रकारका सामाजिक सञ्जाल, फोन वा इमेलबाट पनि यस्तो जानकारी दिन सकिने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीको सबैभन्दा राम्रो विशेषत भनेको लागत कम लाग्नु नै हो । अरु एक्सचेञ्ज कम्पनीहरु भौतिक पार्किङमा आधारित हुन्छन् । एउटा एक्सचेञ्जमा २० र २५ वटा भन्दा बढी गाडी अट्दैन । पार्किङ शुल्क पनि महँगो पर्छ । गाडी किन्नेले राम्रोसँग गाडी छान्ने अवसर पनि थोरै पाउँछन् ।

तर, यो भर्चुअल पार्किङ भएकोले यसमा पार्किङ र छनौट असीमित हुुने भण्डारी बताउँछन् । ‘हामी एकैपटक हजारौं गाडी पार्किङ गर्न सक्छौं । किन्न सक्छौं । भौतिक रुपमा राख्नु नपर्ने भएकोले हाम्रो लागत सस्तो पर्छ । त्यसैले थोरै मार्जिनमै हामी काम गर्न सक्छौं ।’

त्यसो त, यो कम्पनीले गाडी बेच्ने ग्राहकसँग इनस्पेक्सन शुल्क पनि लिँदैन । ‘एउटा गाडीको इनस्पेक्सन गर्न इन्जिनियरले कम्तीमा पनि २ घण्टा समय दिनुपर्छ । यसका लागि शुल्क लाग्छ,’ कन्ट्री हेड भण्डारी भन्छन्, ‘हामी इनस्पेक्सन, भ्यालुएसन, फोटोग्राफी केहीको पनि शुल्क लिँदैनौं । ग्राहकलाई यो सबै सेवा निःशुल्क उपलब्ध छ ।’

हालसम्म सो कम्पनीमा आएका ग्राहकमध्ये करिब ३० प्रतिशत नयाँ गाडी किन्ने सोच आएको, ५० प्रतिशत अरु गाडीको अनुभव लिने उद्देश्यले आएको र बाँकी करिब २० प्रतिशत मात्रै पैसा चाहिएर गाडी बेच्न आँटेको अवस्था देखेको भण्डारीले सुनाए ।  

भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने यो आईडिया भण्डारीले दुबईबाट सिकेका हुन् । त्यहाँ अधिकांश कारोबारहरु यस्तै तरिकाले हुने गरेको उनले सुनाए । लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई क्यास गर्न सो कम्पनीले गत कात्तिकदेखि मात्रै आफ्नो सेवा सुरु गरेको हो । 

१२ महिनाको यो अवधिमा २ सय वटा गाडीको खरिदबिक्री गरिसकेको छ । पछिल्लो महिनामा यो संख्या उच्च रुपमा बढ्दै गएको भण्डारी बताउँछन् । प्रयोग सफल भएसँगै अहिले सो कम्पनीले आफ्नो नेटवर्क र क्षमता विस्तार गर्दै गएको छ । 

नेटवर्क विस्तार अन्तर्गत पोखरा र इटहरीमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । छिटै वुटवलमा समेत शाखा विस्तार हुन लागेको छ । यी शाखा कार्यालयबाट समेत अनलाइनमा रहेका गाडीको बारेमा सम्पूर्ण रिपोर्ट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उपत्यका बाहिर यस्तो सेवा विस्तार भएपछि अब गाडी किन्ने र बेच्ने काम उपत्यकामा मात्रै सीमित भएर बस्नुपर्ने अवस्थाको अन्त्य समेत भएको उनको भनाई छ । अहिले कम्पनीले काठमाडौंको सुकेधारामा विशाल शोरुम र सर्भिस सेन्टर समेत बनाइरहेको छ । बिक्रीको क्रममा र बिक्रीपछिको सेवाको लागि समेत विश्वसनीय सर्भिस सेन्टरको माग भएपछि यस्तो पूर्वाधार निर्माण गर्न लागेको भण्डारीको भनाई छ । 

आफ्नो सेवाको व्यापक प्रचारप्रसार गर्ने रणनीति अन्तर्गत अहिले सो कम्पनीले नेटवर्किङ विधिलाई आत्मसात गरेको छ । जसअनुसार कुनै व्यक्तिले गाडी किन्न वा बेच्ने व्यवस्था मिलाइदियो भने खरिदबिक्री भएपछि त्यस्तो व्यक्तिले २० हजारसम्मको कुपन प्राप्त गर्नेछन् । 

सो कम्पनीले ३० लाखभन्दा बढीको गाडी खरिदबिक्रीमा अर्गानो रेष्टुरेन्ट र भाटभटेनी सुुपरमार्केटको १०र१० हजारको र सोभन्दा कम मूल्यको खरिदबिक्रीमा ५र५ हजारको भौचर दिने व्यवस्था गरेको जनाएको छ । यो अफरले गर्दा क्यास अन ह्विलको बारेमा थाहा पाउने व्यक्तिले अर्को व्यक्तिलाई रिफर गर्न प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया