क्यानडा पठाइदिन्छु भनी ७ लाख ठगी गर्ने एक महिला पक्राउ

१ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी प्रलोभन दिई ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ४७ वर्षीया छरिङ डोमा शेर्पालाई पक्राउ गरिएको जनाएको छ । 

शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र उतै स्थायी बसोबास ‘सेटल’को व्यवस्थापन गरिदिने भन्दै पीडितलाई १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि जाहेरीका आधारमा उनलाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया