मलेसियामा विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा १० जना पक्राउ

शनिबार, २१ साउन २०७९, १० : ३०

काठमाडौं - मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा दश जनालाई पक्राउ गरेको छ । शुरूमा घुस लिएको अभियोगमा पक्राउ परेका ८ जनाका बारेमा सोधपुछका लागि अनुसन्धानको घेरामा परेका थप २ जना पनि पक्राउ परेका हुन् ।

एमएसीसीले आईटी कम्पनीको लागि आवश्यक विदेशी कामदारको भिसा प्रक्रियामा एक मिलियन मलेसियन रिँगेट भन्दा बढी घुस लिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । 

एमएसीसीले कुन देशबाट लैजान लागिएका कामदारको लागि उक्त घुस रकम प्रयोग भएकोे हो भन्ने खुलाएको छैन । पक्राउ परेका दश जनामा एक आईटी कम्पनीका सीईओ पनि रहेका छन् । 

शनिबार, २१ साउन २०७९, १० : ३०

प्रतिक्रिया