जोर्डनले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

१ बर्ष अगाडि

काठमाडौं - जोर्डनले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । जार्का सहरमा रहेको एक कम्पनीले १५० पुरुष र १५० महिला गरी  जम्मा १३० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३९ हजार बढि पाउनेछ । इच्छुक कामदारले एस. सि. सि. मेनपावर प्रालिको कार्यालय कपन मार्ग काठमाडौंमा साउन २७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च कम्पनीले बेहोर्ने छ । यस्तै स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया