एनसेलले ल्यायो भोल्टे सेवा, के हो भोल्टे सेवा ?

साउन २२, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले भ्वाइस ओभर एलटिई ९भोल्टे० सेवा सञ्चालमा ल्याएको छ । एनसेलले केहि समय अघिदेखि नेपालमा फोरजी एलटिई प्रविधिमा आधारीत यो सेवा परिक्षण गरिरहेको थियो ।

अब भने नेपालमा एनसेलले पनि फोरजी नेटवर्कमा भ्वाइस सेवालाई गुणस्तरीय बनाउन भोल्टे सेवा औपचारिक रुपमा सुरु गरेको हो । यस अघि नेपाल टेलिकमले सबै मोबाइल ब्रान्डमा चल्ने गरी देशैभर यो सेवा सञ्चालमा ल्याएर मोबाइल गुणस्तरलाई प्रभावकारी बनाएको छ ।

हाल एनसेलले पनि पहिलो चरणमा सिमित मोबाइलमा मात्रै चल्ने गरी भोल्टे सेवालाई अघि बढाएको छ । एनसेलले देशैभर फोरजी नेटवर्क विस्तार गरिरहेको छ ।

फोरजी नेटवर्कमा आधारीत यो सेवा सञ्चालनपछि भ्वाइस नेटवर्क एचडिमा कन्भर्ट हुने सेवाप्रदायक कम्पनीले जनाएको छन ।

के हो भोल्टे सेवा ?
भीओएलटीई अर्थात् भ्वाइस ओभर एलटीई । यसलाई सरल भाषमा एलटीई नेटवर्कले फोरजी नेटवर्कको माध्यमबाट भ्वाइस कल ट्रान्सफर र रिसिभ गर्ने काम गर्छ ।

भीओएलटीईमा कल एचडी क्वालिटीमा आउँछ । जब कसैलाई कल जान्छ तब एलटीई फोरजी नेटवर्कको माध्यमबाट जान्छ र कनेक्सन टाइम अल्ट्रा फास्ट हुन्छ । थ्रीजी वा टुजी प्रयोग गर्दा कनेक्सन टाइम पाँचदेखि १० सेकेण्डसम्म लाग्न सक्थ्यो ।

यसका अतिरिक्त यो नेटवर्कलाई भीओएलटीई कल भएको थाहा हुने हुँदा यसले कललाई प्राथमिकता दिन्छ, जसले कलमा आवाज ढिलो आउने वा अवरोध आउने समस्या हुँदैन । भीओएलटीईमा प्रयोगकर्ताले क्रिस्टल क्लियर भ्वाइस पाउन सक्छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७