दिपक लिम्बू र डम्बर नेपालीको ‘समायोजन’ सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं - गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको छ । 

बुधबार मण्डला थिएटरमा उक्त सांगीतिक एल्बमको बिमोचन गरिएको हो । एल्बममा ४ वटा गीत रहेका छन् । एक गीतमा गायक लिम्बुलाइ त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन् ।

समायोजन’ को निर्माण तथा ब्यबस्थापन रुकमान लिम्बुले गरेका हुन् । रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समाबेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

एल्बम बिमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सुर्य बहादुर मगर, हेमराज लिम्बु, उत्तम केसि, भीषण मुकारुङ,तारा प्रकाश लिम्बू, बिनोद न्यौपाने,चन्द्र कुबेर खापुङ्ग लगायत थुप्रै श्रस्टा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन् । महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया