नाडाले असोज ६ गतेदेखि विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने

शुक्रबार, २७ साउन २०७९, ०८ : ४९

काठमाडौं - आगामी असोज ६ गतेदेखि नाडा अटोमोबाइल एसोसियसनले विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने भएको छ ।

बिहिबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको हो ।

उक्त इभि एक्सपो २०७९ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने भएको नाडाले जनाएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

शुक्रबार, २७ साउन २०७९, ०८ : ४९

प्रतिक्रिया