भदौपछि दर्ता नभएका र अबैध रुपमा आयात भएका मोबाइल नचल्ने

१ बर्ष अगाडि

काठमाडौं, नेपाल दुरसञ्चार प्राधिकरणले भदौपछि मोबाइल बजारलाई नियमन गर्ने प्रणाली लागु गर्ने भएको छ ।

मोबाइल आयातकर्ता संघ र प्राधिकरणबीच काठमाडौंको सोल्टी होटलमा आयोजित ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’ गोष्ठीमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस्तो आवश्वासन दिएका हुन ।

उनले नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल नियन्त्रण गर्न भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागु हुने बताए ।

उक्त गोष्ठीमा एमडीएमस सिस्टम लागु गर्ने पनि सहमति भएको छ । नेपालमा एमडीएमएस प्रणाली लागु नहुँदा बर्षोनी अबौं राजस्व सरकारलाई गुम्दै गएको थियो भने बजारमा अवैध मोबाइलको विगविगी बढेको थियो ।

प्राधिकरणका अध्यक्ष खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मोबाइल आयात संघका अध्यक्ष दिपककुमार मलहोत्राले मोबाइल फोनको व्यवसायमा देखिएको अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागु गर्न अब ढिला गर्न नहुने बताए ।

‘गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएको छ’ उनले कार्यक्रममा भने ।

त्यस्तै संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस सुरु हुने र यसको दुईदेखि तीन महिनामा शतप्रतिशत लागु हुने बताए।

१ बर्ष अगाडि

प्रतिक्रिया