पटक-पटक रोकिँदै आएको अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनोटको खेल नहुने

१ बर्ष अगाडि

एजेन्सी - पटक-पटक रोकिँदै आएको अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनोटको खेल नहुने भएको छ ।

कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा तय भएको खेल पटक-पटक रोकिएको र दुबै राष्ट्र विश्वकपमा छनोट भइसकेकाले दुबै देशले अब विश्वकप अघि यो खेल रोक्न फिफालाई आग्रह गर्दै आएका थिए ।

दुबै देशले खेलाडी चोटिल हुने जोखिम रहेको भन्दै फिफालाई यो खेल नगराउन आग्रह गरेका थिए । यस्तोमा फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल रोक्न सहमत भएको हो । कतार विश्वकप आगामी नोभेम्बरबाट सुरु हुँदैछ ।

ब्राजिल शीर्ष स्थानमा र अर्जेन्टिना दोस्रो स्थानमा रहँदै कतार विश्वकपका लागि छनोट भइसकेका छन् । पाँच पटकको विजेता ब्राजिलले सन् २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । 

अर्जेन्टिना भने पछिल्लो पटक सन् २०१४ मा फाइनल प्रवेश गरे पनि उपाधि जित्न सकेको छैन् । ब्राजिल कतार विश्वकप २०२२ को समूह ‘जी’ मा सर्बिया, क्यामरुन  स्विट्जरल्यान्डसँग परेको छ ।

यस्तै अर्जेन्टिनाले समूह ‘सी’ मा रहेर मेक्सिको, पोल्यान्ड र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

 
१ बर्ष अगाडि

प्रतिक्रिया