प्रथम कराते च्याम्पियनसिप हुँदै, प्रथम पुरस्कार कति ?

१ बर्ष अगाडि

काठमाडौं - प्रथम नेशनल कराते च्याम्पियनसिप २०२२ हुने भएको छ । गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको आयोजनामा उक्त च्याम्पियनसिप हुने भएको छ । 

प्रतियोगिता आगामी भाद्र २४ र २५ गते हुने प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा ११ टिमका करिब ३१० खेलाडीहरूले भाग लिने छन् ।

प्रतियोगितामा प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीहरूले नगद रु १५ हजार सहित पदक, ट्रफी र प्रमाण पत्र पाउने छन् ।

यस्तै द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमश १० हजार र ५० हजार सहित पदक, ट्रफी र प्रमाण पत्र पाउने प्रतिष्ठानले जनाएको छ । 

यस्तै महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी पनि घोषित गरी पुरस्कृत गरिने छ । 


    

१ बर्ष अगाडि

प्रतिक्रिया