भारतीय बजारमा ‘एक्सयूभी ४००’ सार्वजनिक गर्दै महिन्द्रा, कहिले ?

१ बर्ष अगाडि

एजेन्सी - सेप्टेम्बर ६ मा महिन्द्राले बहुप्रतिक्षित इलेक्ट्रिक कार ‘एक्सयूभी ४००’  भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । 

यो नयाँ इलेक्ट्रिक कार एक्सयूभी ३०० को सब-कमप्याक्ट हुने कम्पनीले जनाएको छ । यसको चौडाइ, उचाइ र ह्वीलबेसमा कुनै परिवर्तन नहुने अनुमान गरिएको छ ।

यो गाडी एक्स १०० प्लेटफर्ममा आधारित रहेको छ र यसले एनएमसी ब्याट्री प्रयो गर्दछ जुन टाटा नेक्सनमा प्रयोग हुने ब्याट्री भन्दा शक्तिशालि हुने कम्पनीले जनाएको छ । यसले फुल चार्जमा काठमाडौं देखि झापासम्मको (४०० किमि भन्दा बढी) यात्रा तय गर्ने अपेक्षा गरिएको छ ।

यसको डिजाइनमा हल्का परिवर्तन गरिएको कम्पनीले बताएको छ । यसमा क्लोज-अफ फ्रन्ट ग्रिल, डीआरएलसहितको हेडल्याम्प, टेलगेट र नयाँ टेलल्याम्प क्लस्टर समावेश गरिएको छ । हाई-टेक फिचर अन्तर्गत यसमा एआई प्रविधिमा आधारित ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली हुने अनुमान गरिएको छ ।

बजारमा लन्च भएपछि यो गाडीले नेक्सन ईभी, हुन्डाई कोना जस्ता इलेक्ट्रिक कारहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया