वैदेशिक रोजगारमा गएका कामदार वा परिवारले गरेको उजुरीकै आधारमा कामकाज नरोक्न मञ्चको आग्रह

१ बर्ष अगाडि

काठमाडौं - प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले वैदेशिक रोजगार क्षेत्रमा रहेका प्रणालीगत समस्याको समाधान दिन वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक उमाकान्त आचार्यको ध्यानाकर्षण गराएको छ । 

अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको मञ्चको टोलीले बिहीबार नवनियुक्त महानिर्देशक आचार्यलाई भेटी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने क्रममा उक्त माग राखेको हो । 

त्यस अवसरमा अध्यक्ष भण्डारीले विभागले श्रम स्वीकृतिको प्रक्रियामा सञ्चालन गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा रहेका समस्या लामो समयदेखि समाधान हुन नसकेको, वैदेशिक रोजगारमा गएका कामदार वा परिवारले उजुरी हाल्ने बित्तिकै छानविन नै नगरी काम रोक्नेजस्ता कार्यले व्यवसायी समस्यामा परेको बताए ।

मलेसियाको रोजगारी खुलेपछि साउदी अरब गएका कामदार विभिन्न बहानाबाजी गरेर फर्काउन दबाब दिने र फर्काउन व्यवसायीलाई ट्रयापमा पार्ने गरिएको भन्दै अध्यक्ष भण्डारीले उजुरी आएपछि तुरून्तै फेमिस रोकिनु पर्ने भन्दै नीतिगत विषयमा मन्त्रालयले निर्णय गर्ने भएपनि व्यवहारिक समस्याको समाधान विभागले नै दिनुपर्ने माग गरे । 

व्यवसायीहरू कामदार र राज्यलाई  सहयोग गर्न सधैं तयार रहेको अवस्थामा पनि विभागले समस्या सुनिदिन र समाधान गर्न ढिलाइ गर्दा ढुक्कसँग व्यवसाय गर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया