काठमाडौं - नेपालमा युवा पुस्तालाई लक्षित गर्दै टिभिएसले दशैंका लागि आफ्नो नयाँ मोडल टिभिएस रोनिन नेपाली बजारमा ल्याउने भएको छ ।
नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारीक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गर्दै नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।
केहि समय अघि मात्रै भारतलगायतका देशमा लोकप्रिय मोटरसाइकल ब्रान्ड टिभिएसले आफ्नो नयाँ मोडल सार्वजनिक गर्दै बाइक पारखीहरुको लागि नयाँ र फरक मोडल पस्किएको थियो ।
टिभिएसले फरक डिजाइनका साथ रेट्रो भर्जनमा पहिलो मोटरसाइकल टिभिएस रोनिन २२५ सीसी उतारेको यो बाइक अगामी दशैं अघि नै नेपालमा बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।
नेपाली बजार पनि टिभिएस मोटरसाइकलको ठूलो बजार रहेका कारण मोटरसाइकल पारखी यो मोटरसाइकलको पर्खाइमा छन । यसअघि कम्पनीले टिभिएस अपाचे आरटिआरका विभिन्न भर्सनलाई बजारमा ल्याएर सफल भएको थियो ।
भारतीय बजारमा यो मोटरसाइकलको मूल्य १ लाख ४९ रुपैयाँ भारु तोकिएको छ । नेपाली बजारमा आउदा यो माटरसाइकलको मूल्य ५ लाख माथि नै हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया