लिग वान : पीएसजीद्धारा लिलमाथि गोलको वर्षा, एमबाप्पेको ह्याट्रिक

१ बर्ष अगाडि

एजेनसी - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । पीएसजीले लिललाई ७–१ गोलले पराजित गरेको हो ।

घरेलु टिमविरुद्ध पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । त्यस्तै, नेयमारले दुई तथा लियोनल मेस्सी र अचरफ हाकिमीले समान १-१ गोल गरे ।

लिलका जोनाथन बम्वाले एक गोल फर्काए । आइतबार राति भएको खेलको आठ सेकेन्डमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । २७औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

हाकिमीले खेलको ३९औँ मिनेटमा गोल गरेपछि पीएसजीले ३–० को अग्रता बनायो । ४३औँ मिनेटमा पीएसजीका लागि नेयमारले गोल गर्दै टिमलाई पहिलो हाफमा ४–० को अग्रतामा पुर्‍याए । ५२औँ मिनेटमा नेयमारले गोल गरेपछि पीएसजी खेलमा ५–० ले अघि बढ्यो ।

५४औँ मिनेटमा जोनाथनले गोल गर्दै लिललाई ५–१ को स्थितिमा पुर्‍याए । त्यसपछि खेलको ६६औँ र ८७औँ मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिकसहित पीएसजीलाई ७–१ को फराकिलो जित दिलाए ।

१ बर्ष अगाडि

प्रतिक्रिया