काठमाडौं । लोकप्रिय टुह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर ग्रुप ९एओजी० नामक रोमाञ्चक राइडअन्तर्गत भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्यान्डसम्म राइटको आयोजना गरेको छ । त्यस क्रममा ४० जना राइडर सहभागी भएका थिए ।
त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षासम्बन्धी जानकारी समेत दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षासम्बन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीयस्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौँ ।’
त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तव्य राखेका थिए । उनले अन्य ब्रान्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टीभीएसले गरेकोमा खुसी व्यक्त गरे ।
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाण्डौ, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ ।
यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस टुह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टुह्विलर ब्रान्ड बनेको छ ।
प्रतिक्रिया