इङ्ग्लिस प्रिमियर लिग आर्सनलले फुलहमलाई हरायो, अपराजित यात्रासँगै शीर्षस्थानमा

१ बर्ष अगाडि

एजेन्सी - इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले फुलहममाथि जित निकालेको छ । इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले फुलहममाथि २-१ गोलको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा फुलहमले अग्रता बनाएको थियो । खेलको ५६औं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । 

तर, ६४ औं मिनेटमा घरेलु टोलीका लागि मार्टिन ओडेगार्डले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले खेलको ६४औं मिनेटमा बुकायो साकाको पासमा गोल गरे । त्यस्तै खेलको ८५ औं मिनेटमा आर्सनलका गाब्रियल मागलहाएसले विलियम सालिबाको पासमा गोल गर्दै जित सुनिश्चित गराए ।

योसँगै जारी सिजनका सबै चारवटा खेलमा जित निकाल्दै आर्सनल १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । ४ खेलबाट पाँच अंक जोडेको फुलहम भने तालिकाको ११ औं स्थानमा छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया