अग्नि ग्रुपद्वारा कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको सोरुम स्थापना

१ बर्ष अगाडि

काठमाडौं - अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ३ अन्तर्गत बागमती क्षेत्र कुरिन्टारमा महिन्द्राका गाडीहरूको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्ट पुर्जा सहितको सुविधा सम्पन्न सोरुम स्थापना गरेको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ । साथै सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । 

कम्पनीका अनुसार कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ सोरुम, सर्भिस र स्पेयर पार्टस्  सेन्टर स्थापना गरिएको हो । 

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा सोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको सोरुम अग्नि इन्कर्पोरेटेड प्रा.लि. अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक सोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया