नाडा ईभी एक्सपो–२०२२ : ४५ भन्दा बढी कम्पनीको सहभागिता हुने, लक्की ड्र कार्यक्रम  सम्पन्न

१ बर्ष अगाडि

 काठमाडौं - नेपालमा पहिलोपटक नाडाले आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ को तयारी तीव्रगतिमा अगाडि बढिरहेको छ । चारपांग्रे, तीनपांग्रे र दुईपांग्रे विद्युतीय सवारीसाधनको उल्लेख्य सहभागिता रहने भएको छ । 

यसैगरी प्रदर्शनीमा अटोकम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्टस, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुसमेत गरी कुल ४५ भन्दा बढी कम्पनीको सहभागिता हुने भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने प्रदर्शनमा सहभागी हुने कम्पनीहरुका लागि लक्की ड्र कार्यक्रम शुक्रबार टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । 

लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य प्रदीपमान प्रधानसमेतको उपस्थिति थियो । 

 
 

१ बर्ष अगाडि

प्रतिक्रिया