नयाँ इलेक्ट्रिक एसयुभी 'भिजन ७–एस'को लुक्स सार्वजनिक, नेपाल कहिले आउला ?

१ बर्ष अगाडि

एजेन्सी - स्कोडाको नयाँ विद्युतीय एसयुभी गाडी भिजन ७ एस नयाँ लुक्समा देखिएको छ । कम्पनीले भिजन ७ एसलाई नयाँ कन्सेप्टमा प्रस्तुत गरेको छ । गाडीको लुक्सले नै लोभ्याउने यो गाडीको भित्री भाग पनि आकर्षक छ ।

यूरोपियन ब्राण्ड स्कोडाले ‘भिजन ७ एस’ कन्सेप्ट सार्वजनिक भएसँगै विद्युतीय गाडीमा तरङ्ग मच्चिएको छ । कम्पनीले यसलाई ईभी डेडिकेटेड लोगोमा देखाएको हो । फक्सवागेन ग्रुपले प्रयोग गर्दै आएको ‘एमइवी प्लेटफर्म’मा उत्पादन गर्ने जनाएको छ ।

यस एसयुभीमा बाहिरी डिजाइन र ले आउट समावेश गरिने कम्पनीले जनाएको छ । पारिवारिक कारको रुपमा विकास र डिजाइन गरिएको स्कोडा भिजन ७ एसमा गाडीको इन्टिरियर खुल्ला देखिन्छ ।

यसमा सातजना बस्न मिल्ने गरी डिजाइन गरिएको यो गाडी भित्री सबै प्यासेन्जरहरुको लागि खुला ठाउँ उपलब्ध हुने कम्पनीले बताएको छ । त्यसैगरी बच्चाको लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

डिजिटल क्लस्टरको साथमा आयताकार आकारको स्टेयरिङ ह्वील यो गाडीको मुख्य आकर्षण हो । यस गाडीमा रहेको केबिनलाई अझ प्रविधि मैत्री बनाइएको छ भने सिटहरु मिलाउन सकिने दुईवटा मोडहरू उपलब्ध छन ।

कम्पनीले भिजन ७ एसमा टेक डेक नाम पनि दिएको छ किनकी यसमा ड्राइभिङ एसिस्ट सिस्टम दिइएको छ । अगाडि १४.६ इन्चको टच स्क्रिन दिइएको छ जसले कन्टेन्टलाई सजिलो गरी देखाउन मद्दत गर्छ । ८.८ इन्चको डिजिटल इन्ट्रुमेन्ट प्यानल लगाएत डिजिटल प्लाटर्फमा बढी केन्द्रित छ ।

कारको कन्सेप्ट अनुसार यो गाडीमा ८९ किलोवाट आवर व्याट्री दिइएको छ । पावरफुल व्याट्रीकै कारण यो गाडी ६ सय किलोमिटरको यात्रा तय गर्न सक्छन ।

कम्पनीले यो गाडीको मुल्य सार्वजनि गरिसकेको छैन । 

१ बर्ष अगाडि

प्रतिक्रिया